चितवन–३ बाट प्रचण्डको नाम सर्वसम्मत सिफारिस

September 4, 2022 7:29 pm

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । आइतबार बसेको पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई एकमतद्वारा उम्मेदवार सिफारिस गरिएको नेता गोपाल न्यौपानेले जानकारी दिए ।

प्रचण्ड यसअघि ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनको नाम यसअघि गोरखा–१ बाट पनि सिफारिस भएको छ । यद्यपि प्रचण्डले आफू चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन् । बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेशसभाका लागि समेत प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ । प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीन जना र ३ (ख) मा गोपाल न्यौपानेसहित ८ जनाको नाम सिफारिस भएको छ ।

न्यौपाने नेकपा माओवादीका तत्कालीन बेपत्ता केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेका छोरा हुन् । उनी राज्यद्वारा बेपत्ता पारिएका सबैभन्दा उच्च माओवादी नेता हुन् ।