रोमाञ्चक खेलमा नेपाल पराजित, सिरिज २-२ को बराबरीमा

August 29, 2022 9:45 pm

१३ भदौ, काठमाडौं । केन्या विरुद्धको चौथो अन्तराष्ट्रिय टी-२० मा नेपाल ७ रनले पराजित भएको छ , हिजो सम्पन्न तेश्रो खेलमा जिल निकाल्दै अग्रता लिएको नेपाल पुन: बराबरीमा फर्किएको छ । हाल शृंखला २-२ को बराबरीमा रहेको छ , मंगलबार हुने पाँचौं तथा अन्तिम खेलमा विजय हुने टिमले शृंखला हात पार्नेछ । १ सय २ रनको झिनो लक्ष्य पच्छाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

आजको खेलमा रोहितकुमार पौडेलले ४७, ज्ञानेन्द्र मल्ल र अर्का ओपनर रअजुन साउद समान ६ रन, दीपेन्द्र ऎरि ६ रन, आरिफ शेख २ रन ,आदिल ८ रन, करण केसी ५ रन बनाएर आउट भए भने पवन सर्राफ र सोमपाल कामीले खाता सम्म खोल्न सकेनन ।

केन्याका लागि राकेप पटेलले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ९ रन मात्र खर्चेर सर्वाधिक ५ विकेट लिए । सन्दीपले लिएको तीन विकेटका विकेटकिपर अर्जुन साउदले दुई स्टम्पिङ र एक क्याच गरे ।