रोमाञ्चक खेलमा नेपाल ४ विकेटले विजयी

August 28, 2022 7:53 pm

१२ भदौ, काठमाडौं । केन्या स्थित नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा भैरहेको ५ शृंखला अन्तर्गतको तेश्रो टि २० क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्लको शानदार प्रदर्शनमा नेपाल बिजयी भएको हो । नेपालका लागी ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, रोहित पौडेलले ३०, पवन सर्राफले २० त्यस्तै आदिल आलमले १६ रन बनाए । लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको थियो । डेब्युटान्ट अर्जुन साउद र पवन सराफले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरे ।

केन्याका लागि युगेन ओचिएङ र भिराज पटेलले २-२ विकेट लिए । पहिले ब्याटिङ्ग गरेको केन्याले १ सय ५६ रन बनाएको थियो ।केन्याका लागि राकेप पटेल र इर्फान करिमले अविजित रहदै क्रमस: ७३ र ५५ रन बनाए । सुरुवातमै आक्रामक रुपमा प्रस्तुत भएको नेपालले सहजै खेल आफ्नो पक्षमा लिने देखिए पनि पछिल्लो ओभरहरुमा सेट ब्याट्सम्यान आउट भए संगै खेल अन्तिम ओभर सम्म पुगेको थियो , रोमाञ्चकखेलमा ३ बल अगावै आरिफ शेखले चौका प्रहार गरे संगै नेपाल बिजयी भएको थियो, उत्कृष्ठ खेल पस्केका ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित भए । यससँगै पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ ।