चितवनमा सेतो बाघ ‘भोड्का’

August 26, 2022 5:58 pm

रत्ननगर, भदौ १०
मदिरा उत्पादक कम्पनी नेचुरल स्प्रिटले सेतो बाघ ब्राण्डको भोड्का चितवनमा ल्याएको छ। सारंगी ब्राण्डको ह्विस्की बिक्री वितरण गर्दै आएको कम्पनीको दोस्रो उत्पादन सेतो बाघ बिहीबार सौराहामा कार्यक्रमको आयोजना गरेर सार्वजानिक गरिएको हो । मदिरा पारखीहरुका लागि उत्कृष्ट ब्राण्डको भोड्का ल्याएको कम्पनीका अध्यक्ष असिम सिटौला बताए । सिटौलाले भोड्का हिमाली झरनाको पानी र युरोपबाट आयातित कच्चापदार्थ बाट नेपाली स्वादमा तयार गरिएको भन्दै पिउँदा गन्ध नआउने, सफ्ट हुनुका साथै पिउन सजिलो हुने बताए । बाघहरुको संरक्षणमा समेत चासो राख्दै उत्पादनको नाम नै सेतो बाघ राखेको कम्पनिका प्रमुख कार्यकारी निर्देशक पिएन पाण्डेले जानकारी दिए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको भोड्का हाल नेपाल अधिराज्यभरका विभिन्न पसलमा पाइने कम्पनीले बताएको छ । पूर्वी चितवनको आधिकारिक बिक्रेता सनलाईट ट्रेडिङ्गका सञ्चालक सूर्य प्रकाश रेग्मीले पूर्वि चितवनको बजारमा शुक्रबारदेखि विक्री गरिएको भोड्काले मदिरा पारखी हरुको मन जित्ने विश्वास व्यक्त गरे ।