चितवनको भण्डारामा रेवा एकेडेमीको शाखा विस्तार

August 25, 2022 12:28 pm

राप्ती,भदौ ९ ।
चितवनको भण्डारामा रेवा इन्टरनेशनल एकेडेमीको शाखा विस्तार गरिएको छ । एकेडेमीले बिहीबार औपचारिक कार्यक्रमको आयोजना गरि शाखाको उद्‌घाटन गरेको हो । विगत ६ वर्षदेखी संचालनमा रहेको एकेडेमीको भण्डारा शाखा राप्ती नगरपालिकाका निवर्तमान उपमेयर इमानसिंह लामाले उद्धघाटन गरेका हुन् । चितवनको पर्सामा मुख्य कार्यालय रहेको एकेडेमीको भण्डारामा विस्तार गरिएको शाखा तेस्रो हो । एकेडेमीको दोस्रो शाखा मकवानपुरको मनहरी बजारमा रहेको छ ।

उच्च शिक्षा अध्ययनका लागि जापान, अस्ट्रेलिया र रसिया जाने विद्यार्थीहरुको सहजताका लागि आफ्नै क्षेत्र राप्तीको भण्डारामा रेवा इन्टरनेशनल एकेडेमी सञ्चालनमा ल्याएको सञ्चालक गोकर्ण अर्यालले जानकारी दिए । अर्यालले एकेडेमीमा गुणस्तरमा निकै फरक र भिषा रिजेक्ट नहुने गरि पढाई हुने गरेको बताए । उनले भने, ‘यस अघि आयल्स गर्न र परामर्श केन्द्रको अभावमा विद्यार्थीहरु नारायणगढ नै धाउनु पर्ने बाध्यता थियो, अब त्यो बाध्यतालाई अन्त्य गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’

कार्यक्रममा राप्ती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सिताराम बल, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार कंडेल, महासचिव परशुराम पाठक, राप्ती जेसिजकी अध्यक्ष विन्दु सिञ्जाली लगाएतको उपस्थिति रहेको थियो ।