नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को रत्ननगर नगरकमिटि गठन

August 24, 2022 6:48 pm

८ भाद्र, रत्ननगर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले रत्ननगर नगरकमिटि गठन गरेको छ । जस अन्तर्गत अर्जुन कुमार गौतम अभयको संयोजकत्वमा ५१ सदस्यीय नगर कमिटि गठन भएको हो ।

नगरकमिटि गठन कार्यक्रम चितवन जिल्ला संयोजक बिजयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जीवन, बिमला, रणदिप लगाएतले आम सर्वसाधारण नागरिकले भोग्नु परेको सामाजिक समस्या लाई समाधान गर्न तर्फ़ आफ्नो पार्टी लागिपर्ने मन्तव्यको क्रममा बताउनुभएको थियो ।

देशमा मौलाईरहेको मिटरव्याज आतंक ,सर्वसाधारणले भोगेका हर समस्या, सुकुम्बासीका समस्या, शहिदको सपना साकार लगाएत हरेक बेथिति विरुद्ध आफ्नो पार्टीले अभियान चलाउने साथै आम नागरिकको समस्यामा साथै रहने उद्धेश्य आफ्नो पार्टीले बोकेको रत्ननगर नगर कमिटिका संयोजक अर्जुन कुमार गौतम अभयले जानकारी दिनुभएको छ ।