नेपालमा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि, १६४ जना संक्रमणमुक्त

August 24, 2022 6:45 pm

काठमाडौं : पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १७७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ६१ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार २९८ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९५ रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७९ हजार ९३८ पुगेको छ ।