प्रचण्डद्धारा माडीको रतनी खोला पुलको समुद्घाटन

August 24, 2022 6:45 pm

८ भाद्र, चितवन : माडी क्षेत्रका सांसद समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्मित रतनी खोलाको पुलको समुद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल ‘अविनाश’ एवं भरतपुर र माडीका नगर-प्रमुखसंगै हुलाकी आयोजनाका निर्देशक धर्मेन्द्र कुमार झा, आयोजनाका अधिकारी दारोगा प्रसाद लगायतको उपस्थितिमा प्रचण्डले शिला अनावरण गरी पुलको उद्घाटन गर्नुभएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजको ५ करोड ४४ लाखको लागतमा बि.टी. निर्माण सेवा काठमाडौंले हालै निर्माण पुरा गरेको सो पुलको लम्बाई २१.२ मिटर र चौडाई ११ मिटर रहेको छ ।

नारायणगढ माडी ठोरी हुलाकी सडकमा निर्माणाधीन एक दर्जन पुलहरु मध्ये रौतनी, रिमाल र परुई खोला पुलहरु औपचारिक उद्घाटन भइसकेका छन् भने अन्य खोलाहरुमा पुल निर्माण जारी रहेको छ ।