प्रभु बैंकका कर्मचारी आन्दोलनमा

August 23, 2022 1:15 pm

काठमाडौं। प्रभु बैंकका कर्मचारीहरु आन्दोलित भएका छन्। आफुहरूमाथि भएको विभेदको अन्त्यको माग गर्दै कर्मचारीहरूले प्रभु बैंकको केन्द्रीय कार्यालय अगाडी मंगलबार धर्ना दिएका हुन्।

प्रभु बैंक वित्तिय संस्था कर्मचारी युनियनले आफुहरूमाथिको विभेद अन्त्य गर्नुपर्ने, विभेदकारी पदोन्नती सूचीमा छुटेका सम्पूर्ण कर्मचारीहरुको तुरुन्त पदोन्नती गर्नुपर्ने लगाएतका माग राख्दै धर्ना दिएका हुन्।

उनीहरुले संस्थागन शुसाशन कायम गर्नुपर्ने र संस्थागत संस्कृतिको बिकास गनुपर्ने माग राखेका छन्। आफ्ना माग तुरुन्त सम्बोधन नगरे अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन्।