आँपटारीका १३३ जना भूमिहीन सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

August 21, 2022 6:59 pm

भरतपुर : भरतपुर महानगरपालिका २ आँपटारीका १३३ जना भूमिहीन सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएकोछ । भरतपुर महानगर प्रमुख रेनु दाहालले पुर्जा वितरण गरेकी थिइन् । उनका अनुसार दोस्रो चरणमा जग्गाधनी पुर्जा प्रदान भएको हो। भरतपुर महानगरपालिकाले जग्गाधनी पुर्जा वितरण कार्यलाई निरन्तरता दिने प्रमुख दाहालको भनाइ छ ।