
रत्ननगर, भदौ ४ ।
हरितालिका तीज तथा जितीया पर्वको अबसरमा रत्ननगरमा शनिवार प्रतियोगितात्मक तीज गीत कार्यक्रम गरिएको छ । नेकपा एमाले निकट अखिल नेपाल महिलासंघ रत्ननगर नगर कमिटीले आयोजना गरेको सो प्रतियोगितामा अनेमसंघ वडा कमिटीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा वडा नं १५ प्रथम, वडा नं ९ द्धितीय, वडा नं ३ तृतीय र वडा नं ११,१२ र १६ सान्त्वना भएको अनेमसंघ नगर सचिव गिता सिंखडाले जानकारी दिइन । प्रतियोगितामा सहभागी अखिल नेपाल महिलासंघमा आबद्ध महिलाहरुले तीज गीत मार्फत आम निर्बाचनमा एमालेलाई जिताउने संकल्प गरेका छन् । प्रतियोगिताको निर्णायकमा लक्ष्मी पोखरेल, भवानी अधिकारी र गोपी नेपाल रहेका थिए ।
एमालेकी केन्द्रीय सदस्य तथा अनेमसंघ केन्द्रीय सचिवालय सदस्य प्रभा बराल प्रमुख अतिथि सो कार्यक्रममा नेकपा एमाले प्रदेश सचिवालय सदस्य नारायण वन, केन्द्रीय परिसद् सल्लाहकार महादेवी खतिवडा, जिल्ला सचिव प्रकास खनाल, अनेमसंघ जिल्ला उपाध्यक्ष विमला तामाङ, पार्टी नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्याल, अनेमसंघ केन्द्रीय सदस्य तथा नगर इन्चार्ज ज्वाला पुरी वन, महिला नेतृ ऋतु गिरी लगायतले मन्तव्य राखेका थिए ।
अनेमसंघ नगर अध्यक्ष चन्द्रिका केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सविता चौधरीले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा हरितालिका तीजको अबसरमा शुभकामना साटासाट गर्दै महिलाहरुले सामुहिक दर समेत खाएको नगर इन्चार्ज ज्वाला पुरी वनले जानकारी दिइन । कार्यक्रममा करिब ६०० जना महिलाहरुको उपस्थिति रहेको थियो ।