रत्ननगरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

August 19, 2022 9:48 am

रत्ननगर , ३ साउन ।
चितवनको रत्ननगरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान रत्ननगरको टिकौली पूल नजिकै नम्बर नखुलेको गाडीले ठक्कर दिंदा रत्ननगर ९ निवासी ७५ बर्षिय खडक बहादुर रानाको ज्यान गएको हो । ठक्कर दिने गाडीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ । घटनापश्चात् स्थानीयवासीले अवरोध गरेको पूर्वपश्चिम राजमार्ग केही वेरअघि खुलेको छ ।