चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी

August 18, 2022 5:53 pm

चितवन : चितवनमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको संख्या ३३ हजार ३६६ पुगेको छ । उता सोही अवधिमा पाँच जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म कोरोना पुष्टि हुनेको संख्या ३३ हजार ९०९ पुगेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्लाभर हाल ९३ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ९० जना होम आइसोलेसनमा छन् भने तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । यस्तै कोरोनाबाट अहिलेसम्म चार सय ५० जनाले गुमाएका छन् ।