चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले तीजमा भड्किलो र खर्चिलो कार्यक्रम नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आज एक सूचना जारी गर्दै तीज मनाउने नाममा भड्किलो र खर्चिलो कार्यक्रम नगर्न आग्रह गरेका हुन् ।
प्रशासनले परम्परा र सामाजिक रितीरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्ने गरी तीज मनाउन आग्रह गरेको छ । सुसंस्कार कायम गर्ने कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ–संस्थाहरु, सञ्चारकर्मी, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लाबासीहरुबाट सहयोगको अपेक्षा रहेको सूचनामा भनिएको छ ।