पूर्वि चितवन पत्रकार संघद्धारा सिंखडामाथि भएको आक्रमणको निन्दा

August 17, 2022 10:54 pm

चितवन, १ भदौ ।
नेपाल पत्रकार महासंघ चितवनका सदस्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज, कालिका दैनिक अनलाइनका प्रधान सम्पादक शिशिर सिंखडामाथि भएको आक्रमणको सर्वत्र निन्दा र भत्र्सना भएको छ । पत्रकार सम्बद्ध संघ संगठनहरुले उक्त घटनाको निन्दा र भत्र्सना गरेका हुन् ।

यसैबिच, पूर्वि चितवन पत्रकार संघले पनि आज विज्ञप्ति प्रकाशित गरी घटनाको भत्र्सना गरेको छ । संघका अध्यक्ष होमनाथ सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचारमा चित्त नबुझेको अवस्थामा सम्बन्धित निकायमा निवेदन गर्न पाउने अधिकार र छानविनका लागि राज्यको निकाय हुँदाहुँदै त्यस्ता व्यवस्थाको वेवास्ता गरी पत्रकारमाथि हातपात हुनु प्रेस स्वतन्त्रता माथीको प्रहार भएको उल्लेख गरिएको छ ।

संघका सल्लाहकार समेत रहेका सिंखडामाथि आज बुधबार बिहान हातपात भएको हो । दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल बजार गएको समयमा पत्रकार सिंखडालाई दिपक लामिछाने लगायत चार जनाको टोलीले आक्रमण गरेको हो ।

यसैबिच,घटनामा संलग्न रहेका चार जना विरुद्ध पत्रकार शिंखडाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी मुद्दा दायर गरेका छन्। नेपाल पत्रकार महासंघ चितवन लगायत पत्रकार सम्बद्ध संघ संगठनको रोहवरमा पत्रकार सिंखडाले लामिछाने सहित दिलिप लामिछाने, अमिर सापकोटा र निकेश नेपाल विरुद्ध किटानी मुद्दा दायर गरेका हुन् ।