दार्चुला जीप दुर्घटना : पाँचको मृत्यु, चालकसहित तीन जनाको अवस्था गम्भीर

August 17, 2022 6:38 pm

दार्चुला : दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। नौँ जना घाइते भएका छन्। चालक करन कोलीसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ज ५५१ नम्बरको जिप दुर्घटना भएको हो । जीप सडकबाट करिब २५० मिटर तल खसेको छ।

दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छैन। घाइतेहरु सबैलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ।