चितवनमा थप २० मा कोरोना, सक्रिय संक्रमितको संख्या ९६ पुग्यो

August 17, 2022 6:30 pm

१ भाद्र, चितवन : चितवनमा आज थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा एक सय २३ जनाको कोरोना परिक्षण गर्दा थप २० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लाभर संक्रमितको संख्या ३३ हजार ९ सय ४ पुगेको छ। आज जिल्लाभर १४ जना कोरोनामुक्त भएका छन् । यस सँगै जिल्लामा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३३ हजार ३८५ पुगेको छ। त्यस्तै, आज चितवनमा ९६ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ९१ जना घरमा र ५ जना अस्पतालमा रहेका छन्।