जन्मदिनमा स्टेशनरी सामग्री वितरण

August 14, 2022 7:59 am

चितवन, साउन २९
लियो क्लब अफ नारायणगढ चित्रवनका रोशन ओझाले आफ्नो जन्मदिन बालआश्रमका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर मनाएका छन् । ओझाले भरतपुर २ मा रहेको व्राइट स्टार सोसाइटीका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् । बाल आश्रममा रहेका १५ जना बालबालिकालाई मंगलबार जन्मदिनकै दिन उनले ९ दर्जन कापी, २० थान कलम, ४० थान शिशाकलम, ४० थान इरेजर लगायतको स्टेशनरी सामग्री बितरण गरेका हुन ।

लायन बर्ष २०२२/२३ का लियो क्लव अफ नारायणगढ चित्रवनका क्लव ट्यामर रहेका ओझाले भविष्यका देशका कर्णधार विद्यार्थीहरुको शिक्षाका लागि आफ्नो तर्फबाट थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको बताए । उनले जन्म दिनमा गरिने फजुल खर्च नगरि विपन्न विद्यार्थीलाई सहयोग गर्न पाउदा खुसीको अनुभूती भएको अनुभव सुनाउँदै आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

लियो क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष बिमोचन आचार्यको सभापतित्वमा भएको कार्यक्रमका लियोका जिल्ला अध्यक्ष पुरुषोत्तम सुबेदी, लायन्स क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष प्रबिनकुमार , रिजन १० आरसी एवं क्लवका पुर्व अध्यक्ष हरीकुमार राजभण्डारी, क्लवका पुर्व अध्यक्ष हर्षमान श्रेष्ठ, डिष्ट्रिक एडभाइजर तथा क्लवका पुर्व अध्यक्ष बिकास पाण्डे, लियो डिष्ट्रिक काउन्सिल ३२५ उप सभापति किरण लामिछाने लगायतको उपस्थिती रहेको थियो ।