पछिल्लो २४ घन्टामा २ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

August 13, 2022 5:40 pm

२८ श्रावण, काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १ सय ६५ परीक्षणमा २ सय ६३ जना संक्रमित भेटिएका हुन् ।

एक हजार ३ सय ९९ पीसीआर परीक्षणमा १ सय ६२ जना र एक हजार ७ सय ६६ एन्टिजेन परीक्षणमा १ सय १ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ सय १ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।