दाउन्नेमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

August 10, 2022 5:30 pm

नवलपुर । नवलपुरको दाउन्नेमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका वडा नं. २ स्थित दाउन्ने बजारमा पश्चिम जाँदै गरेको ना ८ ख २३८४ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ३८ वर्षका नर बहादुर सोमैको मृत्यु भएको हो ।

पैदलयात्री सोमैलाई विहान ८ बजे ट्रकले ठक्कर दिएर गम्भिर घाइते बनाएकोमा उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा विहान ९ वजे ज्यान गएको प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले बताए । ट्रक र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।