रत्ननगरको चेतनशिल आमा समूह १२ औं वर्षमा

August 7, 2022 5:29 pm

रत्ननगर, साउन २२
रत्ननगर १२ मा रहेको चेतनशिल आमा समूह १२ औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा समूहले आफ्नो सदस्यहरुलाई लक्षीत गर्दै भान्साघर औषधालय कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सव मनाएको अध्यक्ष अनिता अर्यालले जानकारि दिइन् ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथी रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले नगर भित्र रहेका आमा समुह मध्य चेतनशिल आमा समूहले उत्कृष्ठ काम गर्दै आएको भन्दै खुसी व्यक्त गरे । सापकोटाले महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाले काम गरिरहेको भन्दै आमा समूहलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको भान्साघर औषधालय कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरकी प्रमुख डाक्टर कोपीला अधिकारीले भान्सामा अपनाउनु पर्ने सुरक्षा सर्तकता र भान्साबाट महिलाको स्वास्थ्यमा परेको असर लगायतको विषयमा प्रशिक्षण दिएकी थिइन । प्रशिक्षण कार्यक्रममा समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष सुन्दरमणी सुवेदी, कार्यपालिका सदस्य चन्द्रकला पनेरु, सुकमाया वि क,रत्ननगर खानेपानीका अध्यक्ष भिष्मराज पौडेल, वार्ड सदस्य राम प्रसाद पाण्डे, जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगाले, शान्तीकुञ्ज महिला उद्यमी सहकारीकी उपाध्यक्ष निर्मला दंगाल, पिस भिजन वोडिङ्गका प्राचार्य यम प्रसाद काफ्ले, सगरमाथा वोडिङ्गका प्राचार्य गोकुल प्रसाद भट्ट, संस्थापक अध्यक्ष विष्णुमाया भट्टराई, पुर्व अध्यक्ष निर्मला ढकाल, पंचकन्या आमा समूहकी सिता नेपाल, हेल्प सोसाइटीकी शान्ती वाग्ले लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम समुहकी सचिव लक्ष्मी पाण्डेले संचालन गरेकी थिइन् ।