नारायणगढ-मुग्लिन सडक खण्ड खुल्याे

August 3, 2022 10:31 am

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड सूचारु भएको छ । भरतपुर महानगरपालिका २९, मौरी खोलाको पहिरो पन्छाएपछि सडक सूचारु भएको हो । लामो प्रयासपछि २३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड गयराती पुनः अवरुद्ध भएको थियो ।

गयराति ५ घण्टा मात्रै संचानमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो खसेपछि पुनः अवरुद्ध हुँदा यात्रुले झनै सास्ती खेप्नु परेको थियो। सोमबार राति पहिरो खसेकै ठाउँ भरतपुर–२९, मौरी खोलामा पुनः पहिरो खसेको हो ।

पहिरो पन्छाएर आज विहान ९ः१० बजेबाट यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनले सडकखण्डमा सवारीसाधनको लामो लाइन रहेकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न सबैलाई अनुरोध गरे । सोही ठाउँमा सोमबार राति ११ बजे ठूलो पहिरो खस्दा मंगलबार राति ९ः४० बजेको समयमा मात्रै दुईतर्फी संचालनमा ल्याईएको थियो ।