२३ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड

August 2, 2022 10:57 pm

चितवन । करिव २३ घण्टापछि नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा आएको छ ।

राति ९ः५० बजेको समयमा यस सडक खण्ड दुईतर्फी संचालनमा ल्याईएको हो । भरतपुर महानगरपालिका–२९, मौरीखोलामा सोमबार राति ११ बजे पहिरो खसेपछि यस सडक खण्ड अवरुद्ध भएको थियो । आज पहिरो हटाउने क्रममा दिउँसो पुनः पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा ढिलाई एको थियो । दुवैतर्फबाट तीन वटा एक्साभेटर प्रयोग गरि बाटो खुलाईएको हो ।

पहिरोको कारण हजारौं सवारी साधनहरु राजमार्गमा रोकिएका छन् । अहिले पहिरो हटाईएपनि अस्तव्यस्त सवारी व्यवस्थापनले पूर्ण रुपमा जाम खुल्न अझै समय लाग्ने देखिन्छ ।