त्रिशुली नदी किनारमा माइक्रो बस खस्यो : १८ घाइते,चारजनाको अवस्था गम्भिर

August 1, 2022 6:02 pm

चितवन, १६ साउन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भेर्लेमा माइक्रो वस त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएका छन् ।
नारायणगढबाट धादिङ जादै गरेको बा ३ ख ८५८८ नम्वरको माइक्रो सडकखण्ड अन्तर्गत भरतपुर–२९, स्थित भोर्लेबाट सोमबार त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइते मध्य ४ जनाको अवस्था गम्भिर भएको छ भने बाँकीको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । अपरान्ह ४ः१५ बजे भएको दुर्घटनामा परेका घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइराखेको छ ।
घाइतेहरुको परिचय अहिले खुल्न नसकेको प्ररीले जानकारी दिएको छ । घाइतेहरुलाई जुगेडी स्थित अस्थाइ प्रहरी पोष्टबाट गएको टोलीले उद्धार गरेको थियो । घाइतेहरुको विवरण संकलन कार्य भइराखेको प्रहरीले जनाएको छ ।