निबन्ध लेखनका बिजेतालाई पुरस्कार हस्तान्तरण

July 31, 2022 7:56 pm

१५ श्रावण, रत्ननगर
रत्ननगरमा रहेको स्काइराईडर आवासिय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुका लागी गत शुक्रबार आयोजित अतिरिक्त क्रियाकलाप अन्तर्गतको “महिला हिंसा: समस्या र समाधान” विषयक निबन्ध लेखन प्रतियोगिताका प्रतियोगी विद्यार्थीहरूबीच विजयी विद्यार्थीहरूलाई आज एक समारोह आयोजना गरी विद्यालयले पुरस्कार वितरण गरेको छ । निबन्धलेखन कार्यक्रममा व्यवस्थापन तर्फ निर्देश दाहाल प्रथम, अर्पिता श्रेष्ठ दोश्रो, विद्या विश्वकर्मा तेश्रो, सान्त्वना पुरस्कार पुजा लामिछाने त्यस्तै उत्कृष्ठ हस्ताक्षर पुरस्कार कृति अधिकारीले पाएकी छिन । त्यस्तै विज्ञान विषय तर्फ यस्मन पोखरेलले पहिलो, दीक्षा चालिसे दोश्रो र अनिल खतिवडाले तेश्रो पुरस्कार पाएका छन् । प्रतियोगितामा विजयी हुन सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा प्रतियोगी विद्यार्थीहरूलाई भविष्यमा हुने यस्तै खालका कार्यक्रमहरूमा सहभागी भइरहनका लागि आग्रह समेत विद्यालयले गरेको छ ।