प्रजातान्त्रिक बिचार समाज चितवनको अध्यक्षमा आचार्य

July 30, 2022 7:37 pm

चितवन, साउन १४ ।
प्रजातान्त्रिक बिचार समाज चितवनको अध्यक्षमा सुरेश चन्द्र आचार्य चयन भएका छन् । शनिबार भरतपुरमा भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा आचार्य चयन भएका हुन् । समाजको उपाध्यक्षमा सुरक्षा रेग्मी,सचिवमा बिकाश पौडेल,सहसचिवमा सुरेशबाबु ढकाल र कोषाध्यक्षमा सुनिता सडौला सर्वसम्मत चयन भएका हुन् । आचार्य यस अघिको कार्यकालमा सचिव पदमा रहेका थिए ।