टिकौलीमा रोटरी क्लव अफ रत्ननगरको वृक्षारोपण

July 30, 2022 5:44 pm

चितवन, श्रावण १४ । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ रत्ननगरले वृक्षारोपण गरेको छ ।

रत्ननगर १० मा रहेको रोटरी सार्वजनिक शौचालय परिसरमा क्लबले वृक्षारोपण गरेको हो । जलवायु परिवर्तनका कारण नकारात्मक असर परिरहेकाले वातावरण संरक्षणका लागि अशोक, जामुन, काईयो, हर्रो, बर्रो लगाएतका एक सय विरुवा रोपिएको क्लवका अध्यक्ष रामहरी लम्सालले जानकारी दिए ।वृक्षारोपण कार्यक्रममा क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती थियो ।

सो अवसरमा क्लवले १ हजार ५८औँ नियमित बैठक सम्पन्न गरेको छ । डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्र ध्वजु प्रमुख अतिथि रहेको कार्यक्रममा असिष्टेन्ट गभर्नर अशोक भण्डारी, विपिन पोखरेल, लायन अमित थपलिया, क्लवका सचिव लक्ष्मीलाल श्रेष्ठ, पूर्व अध्यक्ष निराजन खनाल लगाएतले मन्तव्य राखेका थिए । क्लवका अध्यक्ष लम्सालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।