नेपालमा बाघको संख्या ३५५ पुग्यो, चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै

July 29, 2022 12:24 pm

काठमाडौँ, साउन १३। विश्व बाघ दिवसको अवसर पारेर आज (शुक्रबार) बाघको संख्या सार्वजनिक गरिएको छ । उक्त तथ्यांक अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।

पछिल्लो ४ वर्षमा नेपालमा १२० बाघ थपिएर बाघको संख्या ३५५ गुगेको हो ।सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।