रत्ननगर १५ मा विद्यार्थीकाे स्वास्थ्य परीक्षण

July 18, 2022 8:34 am

रत्ननगर । आधारभुत स्वास्थ्य सेवा केन्द्र रनपा-१५ को आयोजनामा तथा बिन्देश्वरी बिधालय ब्यबस्थापन समितिको ब्यबस्थापनमा बिन्देश्वरी आधारभुत बिधालय रनपा-१५ का छात्रछात्राहरूको स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीकाे स्वास्थ्य रक्षाकाे लागि स्वास्थ्य शिविर आयाेजना गरिएकाे वडाध्यक्ष आशिक तामाङले जानकारी दिनुभयाे । उक्त कार्यक्रममा रनपा-१५ का वडा अध्यक्ष लगायत वडा सदस्यहरूको उपस्थिति रहेको थियो। शिविरमा ७५ जना छात्रछात्राहरूको स्वास्थ्य परिक्षण गरिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयाे ।