पूर्वी चितवन पत्रकार संघद्धारा पत्रकार आचार्यमाथी भएको आक्रमणको भत्सना

July 17, 2022 6:10 pm

रत्ननगर । चितवनका क्रियाशिल युवा पत्रकार कृष्ण आचार्यमाथी भएको आक्रमणको निन्दा र भत्सना गरिएको छ । पूर्वी चितवन पत्रकार संघले आइतवार एक विज्ञप्ती जारी गरी पत्रकार आचार्यमाथी आक्रमण गर्ने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सहितका कर्मचारीहरुलाई कानुनी कारबाही गर्न माथ गरिएको छ ।
संघका अध्यक्ष होमनाथ सापकोटाद्धारा जारी विज्ञप्तीमा कार्यालयभित्र कर्मचारीहरुले मदिरा सेवन गरी होहल्ला गरेको भन्ने सूचनाका आधारमा समाचार संकलनका लागि जाँदा पत्रकार आचार्यमाथि आर्कमण गर्ने कार्यालयका प्रमुख सहितका कर्मचारीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।
असार ३१ गते नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुले समाचार संकलन गर्न पुगेका पत्रकार आचार्यलाई दुव्र्यबहार तथा आक्रमण गरेका थिए ।