लिग टु क्रिकेट : आज नेपाल र नामिबिया भिड्दै

July 16, 2022 3:10 pm

काठमाडौं । स्कटल्याण्डमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दै छ। खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि हुनेछ । त्रिकोणात्मक शृंखलाको पहिलो खेलमै नेपाल नामिबियासँग ४० रनले पराजित भए पनि दोस्रो खेलमा स्कटल्याण्डमाथि ५ विकेटको ऐतिहासिक जित हासिल गरेको थियो ।

नामिबिया संग अन्तराष्ट्रिय एकदिवसीयमा १ मात्र हार बेहोरेको नेपाल अघिल्लो खेलको गल्ति नदोहोराई जित निकाल्ने दाउमा छ भने नामिबिया नेपाल विरुद्ध दोश्रो जित निकाल्ने योजना साथ् मैदान उत्रदैछ ।

हाल नेपाल १८ खेलबाट १७ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा छ ।