मौसम पूर्वानुमान : यी क्षेत्रमा वर्षाको सम्भावना

July 14, 2022 8:44 am

काठमाडौं। मौसम पूर्वाअनुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। जसकाकारण देशभर आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।

महाशाखाकाका अनुसार बिहीबार बिहान कर्णाली प्रदेशका थोरै स्थानमा र बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा र हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।