ट्याक्टर र अटो आपसमा ठोक्किँदा रत्ननगरमा १ जनाको मृत्यु

July 12, 2022 7:45 pm

२८ असार,रत्ननगर ।
पूर्वी चितवनको रत्ननगरमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर ७ सिसुवारमा ना ४ त २७७४ नम्बरको ट्याक्टरमा ना २ ह २२५८ नम्बरको अटो ठक्कर खाँदा रत्नननगर ५ निवासी सोमनी कुमारी थरुनीको मृत्यु भएको हो ।अटो रिक्सामा सवार सोमनीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएकाहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । ट्याक्टर र अटो प्रहरीको नियन्त्रणमा रहेको छ ।