पछिल्लो २४ घण्टामा थप १ सय ६८ मा कोरोना पुष्टी

July 11, 2022 6:48 pm

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार २० परीक्षण गर्दा आज सो सङ्ख्यामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ७० रहेको छ । पछिल्लो २४ घन्टाको अवधिमा ३७ जना सङ्क्रमणमुक्त भएका छन् ।

हिजो १ सय २१ मा सङ्क्रमण देखिएकोमा आजको सो भन्दा बढीमा संक्रमण देखा परेको कारण साचेर रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । ताजा अवस्थामा होम आइसोलेशनमा ७ सय ४९, संस्थागत आइसोलेशनमा २१ रहेका छन् । सघन उपचार कक्ष (आइसियु) मा १२ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।