चितवनको पोखरा बसपार्कमा ट्रकको ठक्करबाट एक युुवकको मृत्यु

July 11, 2022 8:48 am

चितवन । चितवनको पोखरा बसपार्क (नारायणगढ बसपार्क) मा ट्रकको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना ५ ख ८४९७ नम्बरको ट्रकको ठक्करबाट ना २६प ४८५१ नम्बरको स्कुटरको पछाडी बसेका ईच्छाकामना गाउँपालिका वडा नं. ३ का २० वर्षीय सन्दिप गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भित्री सडकबाट पोखराबसपार्क जाने मुख्य सडक पार गर्ने क्रममा ट्रकले स्कुटरलाइ ठक्कर दिएको थियो । दुर्घटनामा परि गम्भिर घाइते भएका स्कुटर चालक गैँडाकोट ४ का २१ बर्षका मनिस लामाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । ट्रक र त्यसका चालकलाइ प्रहरीले आफ्नो नियन्त्रणमा लिएकाे छ ।