रत्ननगरको बेल्सी पुलमा झुण्डिएको अवस्थामा मृत मानिस फेला

July 11, 2022 8:23 am

रत्ननगर, २७ असार ।
पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा मृत मानिस फेला परेको छ । पुलको पिल्लरमा नाईनलको डोरीमा झुण्डिएको अवस्थामा उक्त पुरुष फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६:१५ बजेको समयमा उक्त मानिस देखिएको हो । अन्दाजी ५० वर्षको मानिसको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।