राप्रपा रत्ननगरले मनायो पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन

July 7, 2022 11:04 pm

रत्ननगर, असार २३ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्ननगरमा पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाएको छ । रत्ननगर नगरसमितिले बिहीबार साँझ रत्ननगरको सौराहाचोकमा केक काटेर जन्मोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै क्षेत्र नं १ का अध्यक्ष बलराम खनालले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नभएकोले देशमा राजा ज्ञानेन्द्रको आवश्यकता पछिल्ला दिनहरुमा जनताले अनुभूति गर्न थालेको बताए । खनालले राजा ज्ञानेन्द्र जनताको मनमनमा रहेको अनुभूति जनअभिमतबाट पुष्टि हुँदै गएको भन्दै खर्चिलो व्यवस्था धेरै वर्ष नटिक्ने दावी गरे ।

कार्यक्रममा राप्रपा बागमती प्रदेश सहसचिव माधव भट्टराई, राप्रपा केन्द्रीय वाणिज्य समन्वय विभागका सदस्य हरि अधिकारी, चितवन क्षेत्र नं १ का अध्यक्ष बलराम खनाल, जिल्ला अध्यक्ष रुद्र ढकाल, नगर अध्यक्ष गोविन्दप्रसाद अधिकारी, नगरप्रवक्ता सन्तोष तामाङलगायतको उपस्थिति रहेको थियो ।