रत्ननगरमा खुल्यो रोलर स्केट पार्क

July 6, 2022 8:17 pm

रत्ननगर,असार २२
पूर्वि चितवनको रत्ननगरमा स्केट पार्क खुलेको छ । बकुलहरमा रहेको सेभ सुपरमार्केटको भवनमा रोलर स्केट पार्क खुलेको हो । भोली बिहीबारदेखी औपचारिक रुपमा पार्क संचालमा आउने संचालक कृष्ण प्रसाद ढकालले जानकारी दिए ।

थ्रि डि म्युजियम भित्र मनोरञ्जन लिंदै स्केट खेल्न सकिने पार्कमा ५ बर्ष देखी ५० बर्ष उमेर सम्मका व्यक्तीले स्केट खेल्न सकिने ढकालले बताए । यूवाहरुको वढ्दो स्केट क्रेज र आधुनिक खेलको रुपमा लिइने स्केट पार्क धेरै यूवाहरुको रोजाइमा पर्ने विश्वास संचालकले गरेको छ ।

स्केट पार्कमा आउने यूवाहरुका लागि जोखिम विमाको समेत व्यवस्था गरेको पार्कले खेलाडीलाई आवश्यक पर्ने हात खुट्टामा लगाउने सेफ्टी वेल्ट,जुत्ता लगाएतका सामाग्री पनि उपलब्ध गराउने छ । करिब २ करोडको लगानिमा सुरु गरिएको स्केट पार्कमा १ घण्टामा १५० जनाले स्केट खेल्न सक्नेछन् ।