चितवनको खैरहनीमा सुकुमबासीलाई निस्सा वितरण सुभारम्भ

July 5, 2022 8:33 pm

खैरहनी, असार २१
चितवनको खैरहनी नगरपालिकामा सुकुमबासीलाई निस्सा वितरण सुरु गरिएको छ । मंगलबार नगरपालिकाको वडा नम्बर १३ सिम्रेनीमा नगरप्रमुख शशी कुमार खनियाले सुकुम्बासीलाई निस्सा हस्तान्तरण गर्दै कार्यक्रमको सुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खनियाले राजनैतिक आस्था भन्दा पनि वास्तविक भुमिहिनले निस्सा पाउनुपर्ने भन्दै आफू यसका लागि अहोरात्र लागि पर्ने बताए। उनले भुलवस कसैको विवरण विग्रीएको भए सम्बन्धित वडा कार्यालय वा नगरमा गएर सच्याउन आग्रह गर्दै आफू जनताको सेवा गर्न आएकोले हरदम खैरहनीबासीको साथमा रहेको जानकारी दिए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी एवम खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले कोहि छुटेको भए फेरि समावेश गरि निस्सा प्रदान गरिने बताइन।
कार्यक्रममा खैरहनी १३ का वडा सदस्य जीवन कार्कीले वडा ले वास्तविक सुकुमबासीको पहिचान गरेकाले वडा भित्रका २८३ भुमिहिन सुकुम्बासीको मुहारमा खुसी भर्न आफुहरु सफल भएको बताए।

कार्यक्रममा बोल्दै खैरहनी १३ का वडा अध्यक्ष एवम कार्यक्रमका सभापति कुल प्रसाद भुसालले आफ्नो पहिलो प्राथमिकता भुमिहिन सुकुमबासी लाई निस्सा हस्तान्तरण रहेको भन्दै यसको लागि आफू सधै लागिरहने प्रतिवद्धता व्यक्त गरे ।