रत्ननगर १५ का सुकुमबासीलाई निस्सा वितरण

July 5, 2022 7:55 pm

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ का सुकुमबासीलाई मंगलवार निस्सा वितरण गरिएको छ । वडा भित्र रहेका ५३ जना सुकुमबासीलाई निस्सा वितरण गरिएको हो । एक औपचारिक कार्यक्रमका बीच मेयर प्रल्हाद सापकोटा र वडाध्यक्ष आशिक तामाङले सयुक्त रुपमा सुकुमबासीलाई निस्सा हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर सापकोटाले विवरण संकलन र जग्गा नापजाँच पछि लालपूर्जाको सुनिश्चितताका लागि निस्सा प्रदान गरिएको बताए । वडाध्यक्ष तामाङले राष्ट्रिय भूमि आयोग संग समन्वय गरी निस्सालाई छिट्टै लालपूर्जामा परिणत गरिने बताए । कार्यक्रममा नेकपा एमालेकी नगर कमिटी सहसचिव अरुणा कट्टेल,नेपाली कांग्रेसकी नगर सचिव अनिता अर्याल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्यहरु लीलादेवी पोखरेल,रुकमाया परियार,इमप्रसाद पन्त,शिबप्रसाद तिवारी लगायतको सहभागिता रहेको थियो । सो वडामा करिब २०० घरधुरी सुकुमबासी रहेका छन् । बाँकी रहेकाहरुलाई लाई पनि छिट्टै निस्सा वितरण गरिने वडाध्यक्ष तामाङले बताए ।