पूर्वी चितवनको खैरहनीमा खोलामा नुहाउने क्रममा बगाएर मृत्यु

July 4, 2022 5:26 pm

चितवन, २० असार । पूर्वी चितवनको खैरहनीमा नुहाउने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका कमानेका ३२ वर्षिय सुरज बस्नेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बस्नेत हिजो आईतबार खैरहनी ५ स्थित दिदीको घरमा आएका थिए । आज बिहान १० बजेको समयमा नुहाउन स्थानीय ढुम्रे खोलामा गएका उनलाई खोलाले बगाएर मृत्यु भएको हो । ११ वर्षिय भान्जा मुकेश पौडेलसँगै गएका बस्नेतलाई नुहाउने क्रममा खोलाले बगाएको हो । उनको शव घटनास्थलबाट करिब २०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।