विवादमा तानियो ‘हात्ती वनभोज’,आर्थिक हिनामिना गरेको प्रमाणित गर्न आयोजकको चुनौती

July 2, 2022 7:08 pm

रत्ननगर, असार १८
चितवनको सौराहामा असार १६ गते आयोजना गरिएको हात्ती महोत्सव विवादमा तानिएको छ । पर्यटन प्रर्बद्धन तथा वन्यजन्तु बासस्थान समिति सौराहाले गरेको हात्ती वनभोजमा आर्थिक हिनामिना गरेको आरोप लगाउदै क्षेत्रीय होटल संघ सौराहा सहित चार वटा संस्थाले विरोध गरेका थिए ।
आर्थिक हिनामिना गरेको आरोप लागेपछि आयोजकले शनिवार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी आरोपको खण्डन गरेको छ । समितिले आरोप प्रमाणित गर्न चुनौती दिएको छ । वागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आग्रहका आधारमा हात्ती वनभोज कार्यक्रम गरेको भन्दै समितिका कार्यबहाक अध्यक्ष टीका प्रसाद कँडेलले वनभोजमा भएको खर्चको बिल र भर्पाइका आधारमा मन्त्रालयबाट बजेट निकासा हुने भएकाले आर्थिक हिनामिनाको आरोपको तुक नभएको बताए । हामीले पैसा खाने मनसायले कार्यक्रम गरेका होइनौं उनले भने सौराहाको पर्यटन विकास गर्ने उद्देश्यले कार्यक्रम गरेका हौं ।

पत्रकार सम्मेलनमा हात्ती वनभोज कार्यक्रमको खर्च समेत सार्वजनिक गरिएको छ । समितिले मन्त्रालयबाट बजेट निकासा गरेको छैन। पर्यटन मन्त्रालयका सचिव मदन कोइरालासंगको मौखिम सहमतिका आधारमा वनभोज कार्यक्रम गरिएको हो । हात्ती वनभोजमा २ लाख २२ हजार २१४ रुपैया खर्च भएको समितिले जनाएको छ । ओम रिजालको ९ वटा,बछौली स्थिति सरकारी हात्तीसारका ९ वटा,राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका ८ वटा,खोरसोर हात्ती प्रजनन् केन्द्रका ३५ गरी ६१ वटा हात्तीलाई वनभोज खुवाइएको समितिका सचिव राममणि खनालले जानकारी दिए ।

हामीले पैसा खाने मनसायले कार्यक्रम गरेका होइनौं उनले भने सौराहाको पर्यटन विकास गर्ने उद्देश्यले कार्यक्रम गरेका हौं । पत्रकार सम्मेलनमा हात्ती वनभोज कार्यक्रमको खर्च समेत सार्वजनिक गरिएको छ । समितिले मन्त्रालयबाट बजेट निकासा गरेको छैन् । पर्यटन मन्त्रालयका सचिव मदन कोइरालासंगको मौखिम सहमतिका आधारमा वनभोज कार्यक्रम गरिएको हो । हात्ती वनभोजमा २ लाख २२ हजार २१४ रुपैया खर्च भएको समितिले जनाएको छ । ओम रिजालको ९ वटा,बछौली स्थिति सरकारी हात्तीसारका ९ वटा,राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका ८ वटा,खोरसोर हात्ती प्रजनन् केन्द्रका ३५ गरी ६१ वटा हात्तीलाई वनभोज खुवाइएको समितिका सचिव राममणि खनालले जानकारी दिए ।

पर्यटन मन्त्रालयले मेला महोत्सव शिर्षकमा विनियोजन गरेको बजेट फ्रिज हुने अबस्था आएपछि मन्त्रालयकै आग्रहमा वनभोज कार्यक्रम आयोजना गरिएको खनालले बताए । हात्ती बनभोज कार्यक्रम गर्ने संस्था स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिका र आन्तरिक राजश्व कार्यालयमा दर्ता तथा पर्यटन मन्त्रालयमा सुचीकृत रहेको छ । समितिले क्षेत्रीय होटलसंघ सहित अन्य संघसंस्थासंग हात्ती वनभोज कार्यक्रम गर्दा समन्वय नगरेको भन्ने विषयमा समेत प्रष्ट पारेको छ ।

कार्यक्रमको विषयमा क्षेत्रीय होटल संघ र युनाइटेड हात्ती सहकारीसंस्थाका नेतृत्वहरुसंग छलफल गरेको समितिका सचिव खनालले बताए । पत्रकार सम्मेलनमा क्षेत्रीय होटल संघका उपाध्यक्ष टीकाराम गिरीले सौराहाको पर्यटनलाई असर गर्ने गरी हात्ती वनभोजको विषयलाई लिएर विरोधमा उत्रनु गलत भएको बताए । सबै मिलेर सौराहा बनाउने हो उनले भने एउटाले गरेको कामलाई अर्कोले विरोध गर्ने अबस्था भयो भने पर्यटन क्षेत्रको अस्थित्व जोगाउन समस्या हुन्छ ।