रविको दल निर्वाचन आयोगमा दर्ता, प्रस्तावित नाम र घण्टी दुबै पाए

July 1, 2022 6:43 pm

काठमाडाैँ । रवि लामिछानेको दल निर्वाचन आयोगमा दर्ता भएको छ । केहीदिनको विवाद अन्त्य गर्दै आयोगले रविको निवेदन अनुसार दल दर्ताको निर्णय गरेको हो ।

रविको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा भएको थियो । घोषणाको भोलिपल्ट निर्वाचन आयोगमा निवेदन दिएका रविले शुक्रबार दल दर्ताको प्रमाणपत्र पाएका छन । उनको पार्टीको चुनाव चिन्ह घण्टी नै हुने भएको छ ।