घट्यो सुनचाँदीको मूल्य

June 30, 2022 1:18 pm

काठमाडौं। नेपाली बजारमा आज बिहीबारसुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

तेजावी सुन प्रतितोलामा ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।