राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

June 29, 2022 10:40 pm

बुटवल,१५ असार – लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।
पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ९ख० मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।