भरतपुर विमानस्थलको टावरनजिकै आगलागी

June 26, 2022 8:51 am

भरतपुर, १२ असार । भरतपुर विमानस्थलको टावरनजिकै आइतबार बिहान आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिएको र टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान पौने ४ बजेतिर टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको हो । बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावर सुरक्षित रहेको र सेवा सञ्चालन हुने प्रहरीको भनाई छ । आगो केही समयभित्रै नियन्त्रणमा लिईएको थियो ।