सहकारीमा समस्यै समस्या देखियो : उपमेयर पाठक

June 25, 2022 6:16 pm

चितवन ११ असार । रत्ननगर नगरपालिकाका उपमेयर यादपप्रसाद पाठकले सहकारी संस्थाहरुमा अनेकौं समस्या विद्यमान रहेको बताएका छन् । गैंडाकोटको बिकु बचत तथा ऋण सहकारी संस्था र रत्ननगरको स्वागत बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भई शनिवार आयोजित स्वागत सेवा केन्द्र उद्घाटन कार्यक्रममा ऐन नियमको पालना नहुँदा सहकारीमा समस्यै समस्या रहेको बताए । एक व्यक्ति एक सहकारीको अबधारण समेत पालन हुन नसकेको भन्दै उपमेयर पाठकले एक व्यक्तिलाई एउटा मात्र सहकारी रोज्न आग्रह गरे । उपमेयर पाठकले सहकारीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले विपन्न समुदायको जीवन स्तर उकास्ने गरी उत्पादनशिल क्षेत्रमा लगानी गरे नगरपालिकाले व्याजमा अनुदान दिने घोषणा गरे । उपमेयर पाठकले एक व्यक्ति एक सहकारी भन्ने सरकारको नीति सफल हुन नसकेको बताए । सरकारले कानुन बनाएको छ उनले भने तर त्यसलाई हामी मान्न तयार छैनौं ।