रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

June 21, 2022 2:13 pm

काठमाडौं। पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन्। मंगलबार लामिछोनले एक कार्यक्रममार्फत् पार्टीको नाम घोषणा गरेका हुन्।

लामिछानेले भनेका छन्, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन्। प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ। ‘

यस्तै उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन्। साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए। पार्टी घोषणा गर्नुअघि लामिछानेले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए।