भद्रकाली क्लब रत्ननगरको कार्यक्रममा ५० जनाले गरे रक्तदान

June 19, 2022 4:38 pm

रत्ननगर, असार ५
रत्ननगर १६ मा रहेको भद्रकाली युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । चितवनका अस्पतालहरुमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष निराजन घिमिरेले जानकारी दिए । कार्यक्रममा बोल्दै रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै युवा क्लबले गरेको कार्यको प्रशंसा गरे। भद्रकाली मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि,राजनितिक दलका व्यक्ती लगाएतको उपस्थिती रहेको थियो ।