रत्ननगरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

June 18, 2022 10:19 am

रत्ननगर,असार ४
रत्ननगरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शनिबार बिहान रत्ननगर वडा नम्बर ९ गणेश चोकमा ना ४ ख २७४८ नम्बरको ट्रकले ठक्कर दिंदा साइकलयात्री उमेश दराईको ज्यान गएको हो । बिहान ४:५५ बजे टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट घाइते भएका दराईको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ट्रक चालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।